Wednesday 16th September 2026

टुक्का कविता -शर्मिला श्रेष्ठ


विश्व वातावरण विशेष टुक्का

१)स्वच्छ सफा राखौँ वातावरण,
स्वत: पाइन्छ स्वस्थ आवरण।

२)ग्लोबल वार्मिंगले संसार भएको छ ग्रस्त,
नतिजा मानव भोग्दैछन् जीवन अस्तव्यस्त।

३)संसारको मुख्य अमूल्य धन रहेछ जलवायु ,
वातावरण स्वच्छ रहे आपसेआप लामो आयु।

४)सबै मिली वनलाई डढेलो बाट बचाऔं,
रुख काट्नु अघि अर्को बोट रोप्नु है!जताऔँ ।

५)ब्यबस्थापन गर्नुपर्छ जथाभाबी फाल्नुहुन्न फोहोर ,
अरुको मुख ताक्ने बानी छोडी स्वयं अघिसरी सोहोर ।

 

शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...