Wednesday 7th October 2026

सरकारले अध्यादेशमार्फत आज बजेट सार्वजनिक गर्दै


तितोपाटी- सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।

सिंहदरबारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम अनुसार सरकार चुनावलाई लक्षित गरि वजेट ल्यान लागेको संकेत पाइन्छ ।

यसका साथै कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट आउने अर्थमन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार आज वजेट सार्वजनिक हुन लागेको हो ।कोरोना सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।

प्रतिनिधिसभा नभएको अवस्थामा सरकार कामचलाउ भएको भन्दै पूर्ण वजेट ल्याउन नहुने बताइरहेका बेलामा सरकारले भने पूर्ण वजेट त्यो पनि चुनावलाई लक्षित गरि महत्वकांक्षी कार्यक्रम समेटेर वजेट सार्वजानिक गर्न लागेको हो । मध्यान्हन्युजबाट


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...