Friday 30th October 2026

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि प्रभाव पर्ने


तितोपाटी- पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भई भोलि मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ।

उक्त चक्रवातको असर नेपालका केही भू–भागमा पर्ने सम्भावना रहेकाले हिमाली भेगमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...