Friday 30th October 2026

११ देशमा राजदूत नियुक्तिको सिफारिस


तितोपाटी- सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ ।मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् । सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नभएसम्मका लागि कार्यकाल थप गरिएको थियो । मध्यान्हन्युजबाट


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...