कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला ।
कतै मरे मलामीको लर्को पाईंदैन होला ।
प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न,
घारो कात्रो फूलमाला केही चाहिंदैन होला ।
बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले,
जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला ।
टाढै बसी माया गरी कसैले त्यो खुवाएको,
तुलसीको पत्ता पानी पनि खाईंदैन होला ।
सायद ब्रम्हनाल फर्की शिवलाई पुकारेर,
निधारमा चन्दन र टिका लाईंदैन होला ।
****
टहल अाचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती