Wednesday 7th October 2026

आफन्तको स्वागत र बिदाइ गर्न त्रिभुवन विमानस्थल जान रोक


तितोपाटी- सरकारले नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलभित्र आफन्तको स्वागत र बिदाइका लागि जान रोक लगाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरिन्टका संक्रमित बढेकाले विमानस्थल हाताभित्र स्वागत तथा बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएका जनाएको हो । उड्डयन कार्यालयले अत्यावश्यक अवस्थाबाहेक विमानस्थलमा प्रवेश नगर्न पनि अपिल गरेको छ ।
त्यस्तै, विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, शरीरको तापक्रम मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
लाइनमा लाग्दा भीडभाड नगरी तोकिएको सांकेतिक पाइला पछ्याउन र अन्य स्थानमा बस्दासमेत भौतिक दूरी कायम गर्न उड्डयन कार्यालयले अनुरोध गरेको छ ।
त्रिभवन विमानस्थलबाट स्वदेश तथा विदेशमा यात्रा गर्ने यात्रु, विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारी लगायतलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...