Tuesday 13th October 2026

कविता-लेखिदेउ


तितोपाटी-

तिमी मेरो कविता लेख्थ्यौ
र पो खास लाग्थ्यो
एक्लिएको संसारमा
तिम्रो कविता मधुमास लाग्थ्यो

तिम्रो कविता भित्र म हुन्थे
मेरा आँखा हुन्थे
मेरा फरफराई रहेका
कपाल हुन्थे
मेरो ढुकढुकी हुन्थ्यो
र त म तिम्रा कविता पढ्थे
कविता भित्र
आफैंलाई पढ्थे
अनि पो जीवन
जीवन जस्तो लाग्थ्यो
यति ठूलो संसारमा
म छु जस्तो लाग्थ्यो

तिमीले मन फेरेपछि प्रिय
मेरो जीवनमा आजकल
जून उदाउदैन प्रकृति मुस्कुराउँदैन
यदि पवनले झोक्का
दिन छोड्यो भने फूलले मुस्कुराउन
छोड्यो भने सूर्यले उदाउन
छोड्यो भने के यो धराको
अस्तित्व रहन्छ र?

प्रिय तिमीले मेरो
कविता नलेख्दा
आकाश झरेको छ
धर्ती फाटेको छ
मेरो जिन्दगीमा
भूकम्प चलेको छ

प्रिय म नदीजस्तै
शान्त हुन चाहन्छु
सागर जस्तै निर्मल हुन चाहन्छु
तिमीसँगै नदीका दुई किनार
हुन चाहन्छु जहाँबाट
म तिमीलाई नसकेपनि
हेर्न सकू भेट्न नसकेपनि
मनको अँगालोमा बेर्न सकू

त्यसैले त्यसैले प्रिय
मेरो एउटा कविता लेखिदेउन
मेरो धड्कनमा तिमी त छौ
मलाई बुझिदेउन सम्झिदेउन प्रिय

पुष्पा नेपाल (सुवेदी )
इलाम


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...