Saturday 31st October 2026

वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु


तितोपाटी- वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत सहभागी छन् ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ छन् । बैठकमा सहभागी हुनका निम्ति जसपाबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बूढानीलकण्ठ पुगेका छन् ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...