Thursday 18th June 2026

वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु


तितोपाटी- वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक सुरु भएको हो । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत सहभागी छन् ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ छन् । बैठकमा सहभागी हुनका निम्ति जसपाबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बूढानीलकण्ठ पुगेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...