Thursday 8th October 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आज नबस्ने


तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यसअघि आजका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको जनाइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न उक्त बैठक बोलाएकोमा अधिकांश स्थायी समिति सदस्यहरू राजधानीबाहिर रहेकाले स्थगित गरिएको जनाइएको छ ।

यसअघि गत बिहीबार माओवादीको स्थायी समिति बैठक बसेको थियो । सो पश्चात् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटै अर्को बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । हिजो शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनबारे अन्य दलहरुसँग घनिभूत छलफल थाल्ने बताएका थिए ।

उता नेपाली काँग्रेसले सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको निर्णयले माओवादी केन्द्र उत्साहित हुँदै ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...