Monday 19th October 2026

फाइजरको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी


तितोपाटी- कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।

हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप शतप्रतिशत प्रभावकारी देखिएको फाइजर–बायोएनटेकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

फाइजर–बायोएनटेकको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै १६ वर्षदेखि माथिको उमेर समूहका व्यक्तिका लागि यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो ।

अध्ययनको क्रममा १२ देखि १५ वर्षसम्मका २२ सय ६० किशोर किशोरीमा गरिएको परीक्षणमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो ।

खोप लगाएका बालबालिका तथा किशोर किशोरीमा भाइरससँग लड्ने एन्टीबडीको विकास राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

प्रतिकृयाहरू
...