Saturday 31st October 2026

चीनले अनुदानमा उपलब्ध गराएको खोप आज काठमाडौं आइपुग्ने


तितोपाटी- चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज काठमाडौं आइपुग्दैछ ।

खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

‘डब्लुएचओ’को निर्णयपछि मात्र खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।

चीनबाट आठ लाख मात्रा खोप नेपाल आउँदै छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।

आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...