Thursday 8th October 2026

चीनले अनुदानमा उपलब्ध गराएको खोप आज काठमाडौं आइपुग्ने


तितोपाटी- चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज काठमाडौं आइपुग्दैछ ।

खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

‘डब्लुएचओ’को निर्णयपछि मात्र खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।

चीनबाट आठ लाख मात्रा खोप नेपाल आउँदै छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।

आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...