Thursday 8th October 2026

बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा


तितोपाटी- बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रंग दल्ने विषयमा झडप हुँदा निसिखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।
भिरमा अड्किएको अवस्थामा दुई जनाको शव फेला परेको र पोष्टमार्टका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले शिलापत्रलाई जानाकारी दिए ।
निसीखोला गाउँपालिका– ७ का अध्यक्ष तेजेन्द्रविक्रम कुँवरले हराएका भनिएका युवाहरू सम्पर्कमा आएको बताए । ‘राती अवेर उनीहरु सम्पर्कमा आएका रहेछन् । उनीहरूलाई सामान्य चोटपटक लागेको छ भन्ने आएको छ,’ उनले भने ।
मृत्यु हुने प्रकाश बाग्लुङ नेपाली कांग्रेसका जिल्ला सदस्य हुन भने दमाई सक्रिय सदस्य हुन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...