Wednesday 26th August 2026

पत्रकार महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उमेद्वारी दर्ता


तितोपाटी- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्तरुपमा उमेद्वारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उमेद्वारी दर्ता गराएका छन्।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उमेद्वारी दर्ता गराएका छन्।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवालले उमेद्वारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उमेद्वारी दर्ता गराएका छन्। यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उमेद्वारी दिएका छन्। खुल्ला उपाध्यक्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले पनि उमेद्वारी दिएका छन्।

प्रगतिशील व्यवसायिक समूहको उमेद्वारी

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा प्रगतिशील–व्यवसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उमेद्वारी दिएकी छिन्।

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन्। प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उमेद्वारी दिएकी हुन्।

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उमेद्वारी दिएका छन्। महासङ्घको निर्वाचन चैत २५ गते हुँदैछ।रासस


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...