Thursday 8th October 2026

एमाले संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी हुने


तितोपाटी- नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर आफ्ना धारणा राख्ने निर्णय भएको पाण्डेले बताए । यसअघि प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह सहभागी भएको थिएन ।यस्तै, नेपाल समूहको बैठकले तत्काल पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...