Friday 16th October 2026

कुवेतमा कोरोना खोप नलगाएका कामदारको भिसा नवीकरण नहुने


तितोपाटी- कुवेतले कोरोना भाइरसविरुद्धको खोप नलगाएका कामदारसहित विदेशीको भिसा नवीकरण नगर्ने जनाएको छ । आगामी सेप्टेम्बरपछि भिसा नवीकरण गर्ने आप्रवासी कामदारले अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुवेतले कोरोनाविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा खोप लगाउने दिन एकिन गरी म्यासेज दिएर खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ । खोपपछि तीव्ररुपमा फैलिएको कोराना भाइरसको संक्रमण नियन्त्रण सहज हुने कुवेत सरकारका अधिकारीहरुले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...