Thursday 8th October 2026

लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ


तितोपाटी- सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ता हुन् ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामराको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई प्रहरीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरेको हो ।आइतबार दिउँसो मालपोत कार्यालयको माथिलो तल्लामा भएको बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते धनगढीमाई ४ बस्ने दिनेश कुमार भण्डारीको काठमाडौं ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

त्यसैगरी गोलबजार ४ बस्ने फुलकुमारी, गोलबजार ६ बस्ने लक्ष्मीराणा मगर, गोलबजार ६ बस्ने बेचनी मगर, लहान नगरपालिका १६ तरेगना बस्ने लालबहादुर, भगवानपुर ३ बस्ने बद्रीनारायण यादव र धनगढीमाई १३ बस्ने भोलाबहादुर पाँचेमगर घाइते छन् ।

बम विस्फोट घटनाको जिम्मेवारी विज्ञप्ती मार्फत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...