Sunday 1st November 2026

नेपालको परिवर्तन उल्ट्याउन सबैभन्दा बढी मलाई घेराबन्दीमा पारियाे : प्रचण्ड


तितोपाटी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन्। शुक्रबार बुटवलमा आयोजिथत राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे।

‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले जीवित हुनुहुन्न्। म अहिले जीवितै छु। र, यो परिवर्तन उल्ट्याउनको निम्ति अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भइरहेको मैले महसुस गर्छु। मैले धेरै गहिरोगरी यसको महसुस गरिरहेको छु,’ उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु जो गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक भन्ने मन पराउँदैन थिए तिनीहरु र देश बाहिरका पनि दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर नेपालको परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा छन्।’

एमाले र माओवादीको एकतापछि प्रचण्ड एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेको थिए। तर, यही फागुन २३ गते सर्वोच्च अदालतले दुई कम्युनिस्ट पार्टीबीचको एकतालाई वैधता नदिएपछि दुवै पार्टी अलग भएका छन्। सर्वोच्चको उक्त फैसलापछि प्रचण्डले आफूहरुमाथि षड्यन्त्र भएको बताउँदै आएका छन्।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...