Friday 29th March 2024

कम्युनिस्ट राजनीतिमा केपी ओली ‘कुहेको अण्डा’जस्तै भइसके : प्रचण्ड


तितोपाटी- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिस्ट भन्दै ‘कुहेको अण्डा’को संज्ञा दिएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिस्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैँ चलिरहने स्पष्ट पारे ।
उनले कम्युनिस्ट आन्दोलनभित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । माओले बिग्रिएका कम्युनिस्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा’ भएको बताए ।
उनले भने, ‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा भन्नुभएको थियो- अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो तर अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिस्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहेको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाइँदैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ ।’
प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्रविरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उनले सर्वोच्चको फैसला सँगै सबै विजयी भएको बताए ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...