Thursday 8th October 2026

कम्युनिस्ट राजनीतिमा केपी ओली ‘कुहेको अण्डा’जस्तै भइसके : प्रचण्ड


तितोपाटी- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिस्ट भन्दै ‘कुहेको अण्डा’को संज्ञा दिएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिस्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैँ चलिरहने स्पष्ट पारे ।
उनले कम्युनिस्ट आन्दोलनभित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए । माओले बिग्रिएका कम्युनिस्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा’ भएको बताए ।
उनले भने, ‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा भन्नुभएको थियो- अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो तर अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिस्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहेको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाइँदैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ ।’
प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्रविरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उनले सर्वोच्चको फैसला सँगै सबै विजयी भएको बताए ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...