Monday 7th September 2026

कुवेतमा रात्रीकालिन कर्फ्यू भोलीबाट शुरु


तोयानाथ उपेक्षित – कोरोनाको चौथो चरण शुरु भएको भन्दै कुवेतले रात्री कालिन कर्फ्यू आईतवार बाट लगाउने घोषणा गरेको छ । उक्त कर्फ्यू साँझ ५ बजे बाट शुभ ५ बजे सम्म बाह घण्टाको हुनेछ । एक महिना लामो यसको अवधी हुनेछ ।

यसै बीच कुवेतले आईतबार बाट दोकान, को अपरेटिभ मार्केट, खाध्य परिकार बनाउने होटल, रेष्टुरेन्ट, साँग सव्जी विक्री गर्ने केन्द्रहरु र खाना डेलिभरी गर्नेहरु लाई कडाईका साथ चेकजाँच गर्ने छ । यदि उनीहरुको कम्पनी र कामको प्रकृती मिलेन भने पक्राउ गर्ने र डिपोट गर्ने जनाएको छ अर्थात एउटा कम्पनीको मानिसले अर्को कम्पनीमा पार्ट टाईम वा फूल टाईम काम गर्न पाउने छैनन ।

कुवेतबाट विगत ५१ दिनमा १८ हजार आप्रवासीहरूले कामदारहरूले देश छाडेका छन यो संख्या नफर्कने गरी जानेहरुको हो । कुवेतले नयाँ भिषा जारी नगरेको एक वर्ष पुरा भएको छ तर यस बीच आएको एक समाचार भने सुखद छ । कुवेतमा प्रोजेक्ट भिषामा रहेर काम गर्ने वा पारिवारिक भिषा हुनेहरुले प्राईभेट कम्पनीमा आफ्नो आवासिय भिषालाई परिवर्तन गर्न पाउने भएका छन । समाचार अनुसार यहाँको श्रम बजारको माग लाई मध्यनजर गरेर यस्तो निर्णय लिईएको जनाईएको छ ।

भोलीबाट लागु हुने कर्फ्यू विगतको भन्दा पनि कडा छ तर सँग सँगै यस अवधिमा कसकसले बाहिर हिडडुल गर्न पाउँछन भनेर खुलाईएको छ । विना ईजाजत कर्फ्यू अवधीमा कोही समातिएमा डिर्पोटमा पर्ने छन । जेल जान पर्ने छ भने स्थानियको हकमा १० हजार दिनार सम्मको जरिवाना तोकिएको छ ।

एकदमै नजिकबाट कर्फ्यूको अवलोकन गर्ने गरि सरकारले बनाएको योजना मुताविक सालेह, दिवानिया, कृषी फार्म र व्रिजहरुमा प्रहरीले गस्ती लगाउनेछ ।

कुवेतमा अघिल्लो साताबाट कोरोना संक्रमितको संख्या निक्कै उकालो लागेको छ । यसै गरी मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । दैनिक २ सयमा झरेको संक्रमण अहिले २ हजारको नजिक पुगेको छ । अमेरीकाले कुवेतमा तिब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई हेरेर आफ्ना नागरिकलाई कुवेत भ्रमण नगर्न सर्तक गराएको छ ।

फोटो साभारः अरब टाइम्स कुवेत


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

प्रतिकृयाहरू
...