Thursday 8th October 2026

कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन तयार छौँ: माधव नेपाल


तितोपाटी- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।

आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए । यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । प्रतिगमनविरुद्ध संघर्षका लागि नेपालले कांग्रेस, जसपा लगायत पार्टीलाई पनि आह्वान गरेका छन् ।

‘बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ’ नेता नेपालले बताए । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली समूह बाहेकका पार्टी तथा शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने सुझाव दिएका छन् । पहिले संसद पुर्नवहाली हुनुपर्छ भन्ने शक्तिहरु मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने र त्यसपछि समस्याको समाधान निकाल्नुपर्ने उनको तर्क थियो । अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...