Monday 26th October 2026

कोरोना नियन्त्रणका लागि मार्च ७ तारिकबाट कुवेतमा पुन: १२ घण्टे कर्फ्यू


तीतोपाटी – कोरोना भाईरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने छ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका अनुसार कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यसको नियन्त्रणका लागि सरकारले अंशिक कर्फ्यू लगाउने भएको हो । आंशिक कर्फ्यू कहिले सम्म भनेर नखुलाइए पनि अप्रिल दोश्रो साताबाट शुरु हुने मुस्लिम धर्मवलम्बीहरुको पवित्र पर्व रमादान पहिले नै स्थिती सामान्य भएमा कर्फ्यू हटाइने छ।

यसै बिच कोरोना शुरु भए देखिकै सबै भन्दा बढी संख्यामा २५००९ जनामा फेब्रुअरी महिना भरिमा नयाँ संक्रमण पुष्टी भएको कुरा एक अर्को समाचारमा जनाइएको छ।

कोरोना नियन्त्रणकै लागि कुवेतले नेपाल लगाएत ३५ वटा मुलुकहरुबाट सिधा उडानमा लामो समय देखि बन्देज लगाएको थियो। यसै क्रममा गत फेब्रुअरी ७ तारिक देखी अरु थप ३३ देशबाट सिधा आगमनमा रोक लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...