Saturday 12th July 2025

कविताः शान्तिको खोजी – लोक छ्न्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर )
लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ)

शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ
आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ
हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई
शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺

सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन्
सबैजना लोभी पापी अशान्तिको पछाडि छन्
बाहिर गए आतङ्कले खेदो खनी लखेट्दछ्न्
गाली गर्छ्न् खुबै चर्को आगो बाली डढाउँछन् ।🌷🙏🌺

जनताहरू डरको मारे घरभित्र लुकी बस्छन्
अरौटे र भरौटे छन् चाकडीलाई पूजा गर्छ्न्
गल्लीपिच्छे आगो बाल्दै तोडफोड गर्दै घुम्छन्
आसेगाँसे ठुलो गाँस खान भनी गल्ली डुल्छन् ।🌷🙏🌺

आनन्दको खोजी गरी डुलेका छौ तिमी त्यता
आफू मात्र लिन खोज्छौ लखेटेका तिमी कता
आफू मात्र लिन खोज्दा दुख्यो त्यता मानवता
मानवता छाडी हामी खोजी हिँड्छौँ दानवता ।🌷🙏🌺

शान्ति अनि आनन्द ती एकसाथ बस्ने गर्छन्
दुबै जना दानी मान्छे आफू दिँदा रमाउँछन्
स्वार्थीहरू रमाएर आफू मात्र लिन खोज्छन्
दुवै जना भागेपछि स्वार्थी यहाँ छ्क्क पर्छन् ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...