Friday 31st July 2026

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो


तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान बालुवाटारमा भएको वार्ता केही बेर अघि सकिएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए । यता विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ सहभागी थिए । वार्ता बिहान ७ बजेदेखि शुरु भएको थियो । आजको वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताइएको छ ।

सरकारले मंगलबार मात्र गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति बनाएको थियो । त्यस लगत्तै विप्लव समूहले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...