Tuesday 8th September 2026

माग सम्बोधन नभए श्रमिक नपठाउने म्यानपावर व्यवसायीहरूको चेतावनी


वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र वैदेशिक रोजगारसम्बन्धी नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्।

व्यवसायीहरूको आरोप छ कि हालको फ्री भिसा, फ्री टिकट नीति र १० हजार रुपैयाँ सेवा शुल्कको व्यवस्था वर्तमान अवस्था अनुसार व्यावहारिक छैन। सरकारले व्यवसायीलाई अन्यायपूर्ण रूपमा कारबाही गरेर वैदेशिक रोजगार क्षेत्रलाई उपेक्षा गरेको उनीहरूको भनाइ छ।

विवादको मुख्य कारण भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएका ५९८ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले गरेको कारबाही हो। व्यवसायीहरूले उक्त कार्य सरकारकै पूर्वअनुमतिमा गरिएको दाबी गरेका छन्।

यता, विभागले कारबाही कानुनअनुसार भएको बताएको छ भने श्रममन्त्री रामजी यादवले व्यवसायीका मागबारे सरकार सकारात्मक रहेको र १५ दिनभित्र समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्।
-रातोपाटीबाट

https://www.ratopati.com/story/580074/manpower-entrepreneurs-warn-that-they-will-not-send-workers-if-their-demands-are-not-addressed-within-15-days


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...