Wednesday 30th September 2026

हुथी आक्रमणपछि साउदी तेल पूर्वाधार निशानामा, पश्चिम एसियामा तनाव चर्कियो


यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि जिजानस्थित अरामको रिफाइनरी क्षेत्रमा धुवाँ देखिएको भिडियो सार्वजनिक भएको छ।

यसअघि लाल सागरमा मुख्यतः व्यापारिक तथा पश्चिमी मुलुकसँग सम्बन्धित जहाजहरूलाई लक्ष्य बनाउँदै आएका हुथीहरूले अहिले साउदी अरबविरुद्ध प्रत्यक्ष आक्रामकता बढाएका छन्। यसले लाल सागर र होर्मुज जलमार्ग क्षेत्रको सुरक्षा चुनौती थप गम्भीर बनाएको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबबीच भएको असैनिक आणविक सहकार्य सम्झौताले क्षेत्रीय शक्ति सन्तुलनलाई असर गरेको छ। इरान समर्थित हुथीहरूको पछिल्लो गतिविधिलाई त्यसको राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।
तनाव बढ्दै जाँदा विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय तेल मूल्य तथा समुद्री व्यापार मार्गहरूको सुरक्षाप्रति चिन्ता बढेको छ। अमेरिका, इरान र चीनबीच कूटनीतिक गतिविधि पनि तीव्र बनेका छन्।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...