Wednesday 28th October 2026

हुथी–साउदी तनाव फेरि चर्कियो, यमन युद्दको संघारमा


अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा जहाजहरूलाई लक्षित गर्दै आक्रमण बढाएका छन् भने साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रणका क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ।

जुलाई १३ मा इरानी विमानको अवतरण विवादपछि हुथीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए। विश्लेषकहरूका अनुसार यसले सन् २०२२ यता कायम रहेको युद्धविराम अन्त्य भई यमनमा पुनः ठूलो युद्ध भड्किने जोखिम बढाएको छ। साउदी अरब शान्ति खोजिरहेको भए पनि हुथीहरू आफ्नो राजनीतिक र सैन्य प्रभाव विस्तार गर्न दबाब बढाइरहेका छन्।

यता यमन सरकारले हुथी विद्रोहीविरुद्ध कुनै पनि सम्भावित सैन्य तनाव सामना गर्न तयार रहेको जनाएको छ। इरान समर्थित हुथीहरूले साउदी अरबमाथि ड्रोन आक्रमण र समुद्री नाकाबन्दी घोषणा गरेपछि क्षेत्रीय तनाव चुलिएको हो।
यमन सरकारका अनुसार हुथीहरूले बाब अल–मन्देब जलडमरूमध्यमा नियन्त्रण बढाउने प्रयास गरिरहेका छन्। साउदी अरब र हुथीबीच पछिल्ला वर्षहरूमा देखिएको शान्ति प्रक्रिया कमजोर बन्दै गएको छ, जसले यमनमा फेरि व्यापक युद्ध भड्किने जोखिम बढाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...