Friday 26th April 2024

कर्मचारीलाई घुस खुवाएर सीमाबाट पर्यटक भित्र्याउँदै व्यवसायी


तितोपाटी- कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बनाएको स्वास्थ्य मापदण्ड विभेदपूर्ण रहेकाे गुनासाे पर्यटन व्यवसायीले बारम्बार गर्दै आएका छन् ।

हवाईमार्ग र सीमानाकाबाट नेपाल आउने पर्यटककाे हकमा छुट्टाछुट्टै मापदण्ड लागू गरिएकाे र यसकाे मारमा आफूहरू परेकाे व्यवसायी दुखेसाे छ । र, यस्ताे विभेदका कारण पर्यटन व्यवसायीले सीमानाकाका प्रहरी र कर्मचारीलाई घुस खुवाएरै भए पनि पर्यटक भित्र्याउन थालेका छन् । व्यवसायीहरूले भनेकाे विभेद कस्ताे हाे ?
नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंका अनुसार सरकारले हिमाल आरोहण तथा ट्रेकिङका लागि विदेशीलाई केही शर्तसहित नेपाल प्रवेश दिएकाे छ । यसरी आउनेले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।
यद्यपी, यो नियम भारतबाट हवाई यात्रामार्फत आउने पर्यटककाे हकमा लागू छैन । आरोहण तथा ट्रेकिङबाहेकका भारतीय पर्यटक पनि नेपाल आउन सक्छन् । तर, अन्य देशकाे हकमा भने धार्मिक तथा पर्यटकीय स्थल घुम्न आउने पर्यटकलाई नेपाल प्रवेश अनुमति दिइएकाे छैन ।
अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलका अनुसार यसरी नेपाल आउनेहरूसँग काेराेना परीक्षणकाे नेगेटिभ रिजल्ट साथमा अनिवार्य हुनुपर्छ ।
(नाट्टा) का अध्यक्ष गुरागाईं भारतबाट हवाइमार्गमार्फत सजिलै प्रवेश दिइए पनि सीमा क्षेत्र हुँदै नेपाल आउने पर्यटकलाई राेकिएकाे बताउँछन् । ‘व्यापारीहरू सीमा क्षेत्रबाट आउजाउ गरिरहेका छन्, चिल्ला कारमा आउनेहरूलाई सीमामा कुनै राेकताेक छैन’, गुरागाईं भन्छन्, ‘ठूलाे झाेला बाेकेका र क्यामेरा भिरेकालाई देख्नासाथ राेकिन्छ । अर्थात् मात्र पर्यटकलाई राेकिएकाे छ ।’
अध्यागमन विभागका अनुसार नेपाल घुम्न हवाइमार्गबाट आउने भारतीय पर्यटककाे संख्या २० प्रतिशत मात्रै छ । जबकि, ८० प्रतिशत पर्यटक भू-मार्गबाट आउँछन्

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...