Wednesday 14th October 2026

निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त


तितोपाटी- नेपाल सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति सार्वजनिक गर्दै विश्वकर्मालाई मंगलबार दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

‘आज मिति २०७७ फागुन ११ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...