Friday 16th October 2026

नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा चालकदलका सदस्य सहित ७ जनाको मृत्यु


तीतोपाटी – नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ ।

यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन् । सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उड्डयनमन्त्री सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाए । दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...