Monday 24th August 2026

राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगमा एपीएफ क्लबले ह्याट्रकसहित ट्रफी जित्यो


तीतोपाटी – यस पटकको राष्ट्रिय महिला फुटबल च्याम्पियन्स लिगको ट्रफी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।  एपीएफले अपराजित रहँदै राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको हो भने यो जीत सँगै एपीएफले पहिलो पटक राष्ट्रिय महिला भलिबल च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गरेपछि एपीएफ क्लब अपराजित रहँदै च्याम्पियन बनेको हो ।

दुई खेलअघि नै लिग उपाधि पक्का गरेको एपीएफले सबै १२ खेल जितेको हो । शुक्रबार आर्मीलाई पराजित गर्ने क्रममा एपीएफका लागि सरु लिम्बूले २ र अनिता केसीले १ गोल गरे ।

यस च्याम्पियन्स लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित  सरु लिम्बुले अनिता केसीको पासमा खेलको ४५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्  भने ८६ औं मिनेटमा अनिता केसीले अन्जली योञ्जनको पासमा गोल गरिन् । यस्तै सरुले इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् । यसअघि राष्ट्रिय महिला लिगकै पहिलो चरणमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो ।

एपीएफले लिगका कुल १२ खेलमा ७७ गोल गरेको छ भने १ गोलमात्र खाएको छ । एपीएफले गरेका गोलमध्ये ४३  गोल सावित्रा भण्डारीले मात्रै गरेकी हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक डबल राउण्ड रोविनका आधारमा महिला लिग आयोजना गरेको हो । जसमा तीन विभागीय टोलीसहित छनोट खेलेर आएका चारवटा नगरपालिका/महानगरपालिकाको टिम सहभागी थिए ।

एपीएफले यसअघि २०७४ र २०७५ सालमा महिला लिगको उपाधि जितेको थियो । पहिलो पटक आयोजना भएको डबल लिग जित्दै एपीएफ महिला लिगको उपाधिमा ह्याट्रिक गर्ने पहिलो टिम समेत बनेको छ ।

च्याम्पियन एपीएफले उपाधिसहित नगद १५ लाख रुपैयाँ पाएको छ । यस्तै उपविजेता आर्मीले ८ लाख रुपैयाँ पाएको छ । तेस्रो भएको पुलिसले ५ लाख र चौथो भएको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ पाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...