Monday 28th September 2026

वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन


तितोपाटी- वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् ।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...