Monday 19th October 2026

कविताः समय – हरिणी छन्द -हरि शर्मा (गलकोटे कवि)


वर्ण-१७
विश्राम-६,४,७
नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता ।

हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ
अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ
झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो
तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺

अकपट सदा आशावादी बनेर उचाइमा
सफल जगमा हामी देख्छौँ अनेक सवालमा
समय धनको साथी जानौँ सदैव घुमाइमा
सुख दुख सदा साथै राख्ने समान विचारमा ।२।🌷🙏🌺

टिकटिक गरी बढ्यो चढ्यो उचाइ हतारमा
अभिनय खुबै सर्वेसर्वा लडाइँ विचारमा
कतिपय लडे खाल्टाखुल्टी असङ्ख्य सवारमा
कतिपय भनेँ मेरो यस्तै कपाल निधारमा ।३।🌷🙏🌺

सफल जसले चिन्यो जान्यो उपाय प्रयासले
असफल भए जानीजानी कुजात विनाशले
दिनदिन बिते नानाभाँती गराइ बसाइले
अलमल परे जोरीखोजा सुताइ उठाइले ।४।🌷🙏🌺

अगति जनता मार्दा काट्दा कठोर प्रकारले
अपयस मिल्यो यस्तो खाले कुकृत्य विचारले
समय गणना पाखण्डीको सदैव कुकार्यमा
हरपल डुब्यो ज्ञानी मान्छे सुशील विचारमा ।५।🌷🙏🌺

-हरि शर्मा
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...