Wednesday 22nd July 2026

३ महिनामा ५० हजार इलिगल थपिए


तोयानाथा उपेक्षित – कुवेतमा डेमोग्राफिक ईम्व्यालेन्सलाई लिएर कोभिडको कहर शुरु भएपछि चलेको गर्मागर्मी बहस कार्यान्वाईनमा आउन थालेको देखिन्छ । विगत १० महिना यता नयाँ भिषा जारी भएको छैन र गएको सेप्टेम्बर देखि डिसेम्बर सम्मको चार महिनामा कुवेत नर्फकने गरी ८३५७४ जनाले कुवेत छाडेका छन । ती मध्ये कुवेतको सरकारी निकायमा काम गर्ने २ हजार १४४ जना रहेको समाचारमा जनाईएको छ ।

गत अगष्ट यता कुवेत सरकारले छाँपा मार्ने र बाटोघाटोमा गर्ने चेकिंगमा कमी आए सँगै ईलिगल बन्नेहरुको संख्या पनि अचम्म गरी बढेको देखिन्छ । एक तथ्यांक अनुसार विगत सेप्टेम्बर देखि डिसेम्बरका बीचमा मात्र १ लाख ३० हजार बाट बढेर १ लाख ८० हजार पुगेको छ । चार महिनाको अवधीमा ५० हजार जना ईलिगल बन्नुका पछाडी धेरै कारणहरु भए पनि कोभिड पनि एउटा प्रमुख कारण हो । समयमा उनीहरु जहाजको अभावमा स्वदेश फर्कन नसक्दा ईलिगल भएका हुन ।

खास गरेर सरकारी अनुमान अनुसार जीलिप, हसविया र अमघारा ईलिगलहरु रहने प्रमुख थलो हो । जहाँ हजारौ ईलिगल रहेको बताईन्छ । कुवेतको सरकारी सेवामा एक आँकडा अनुसार कार्यरत विदेशीहरुको संख्या ९५,१७३ छ । यो संख्या मध्ये ६५ प्रतिशत खास गरेर शैक्षिक र मेडिकल संस्थामा छन । उक्त क्षेत्रमा एक साल भित्रमा विदेशीलाई खाली गर्ने सरकारी योजना रहेको बताईन्छ ।

यसैबीच कुवेतमा घरेलु कामदारको चर्को अभाव रहेको बताईन्छ । यसका लागि घर विदामा गएकाहरुलाई कुवेत ल्याउनका लागि यहाँको सरकारले कदम अघि बढाई सकेको छ तर त्यसले यहाँको माग लाई धान्न सक्ने देखिदैन । अहिले कुवेतमा ८० हजार घरेलु कामदारको माग रहेको छ । खास गरेर फिलिपिन्स, भारत, श्रीलंका र नेपालबाट आपुर्ति हुँदै आएका कामदारहरुको डिमाण्ड तत्काल पठाउन यहाँको सरकार ईच्छुक छैन । फेरी पनि तत्काल थोरै संख्यामा हाउसमेडको भिषा जारी गर्ने तयारीमा सरकार रहेको छ ।

अफ्रिकन मुलुक अहिले पनि खुला छ । त्यहाँको जहाजलाई प्रतिबन्ध लागेको छैन । खासगरेर ईथोपियनहरु कुवेतमा हाउसमेडका लागि आउने गरेकोमा उनीहरुलाई यहाँका नागरिकले रुचाउँदैनन । त्यसो त उनीहरु यशियन देशको भन्दा सस्तोमा पाईने कामदार हुन । त्यतैबाट भए पनि घरेलु कामदारको आपुर्ति गर्ने तयारीमा कुवेतको सरकार रहेको बुझिन्छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...