Saturday 5th July 2025

कविता: समय चक्र – छन्द: इन्दिरा -हरि शर्मा (गलकोटे कवि)


असुर भावले वंश मेटिने
असल कर्मले लक्ष भेटिने
तरल जिन्दगी झट्ट पोखिने
सफल कार्यले चाह मेटिने ।१। 🌷🙏🌺

अटुट जीवनी कर्म साथमा
असल व्यक्तिको फूल हातमा
कपट दुष्टको बात बातमा
कुलत मूर्खको रात रातमा ।२। 🌷🙏🌺

सफल बन्नको चाहना बिना
फगत पापको कर्ममा किन
अटुट रूपमा साधना नभै
कलह झिक्दछन् मूर्खले सँधै ।३। 🌷🙏🌺

प्रकृति चल्दछिन् सत्य साथमा
रगत चाल्दछिन् विन्दु विन्दुमा
असल पुग्दछ्न् देवघाटमा
अतिथि पुज्दछन साँझ रातमा।४। 🌷🙏🌺

असुर जुट्दछन् मध्य रातमा
कुपथ रोज्दछ्न् पाद पादमा
अहित बोक्दछन् हात काँधमा
दिनहुँ डुल्दछ्न् लट्ठ मातमा ।५। 🌷🙏🌺

कपट गर्दछन् मित्रले पनि
असुर बन्दछन् स्वार्थले उनी
नियम मिच्दछन् दुष्टले सदा
प्रकृति आसुरी भावमा हुँदा ।६। 🌷🙏🌺

प्रविधि साथमा हातमा छँदा
प्रगति सोच्दछन् पक्षमा सदा
कसुर मित्रको खोज्दछ्न् सँधै
कुलत रोज्दछन् मस्त छ्न् उनै ।७। 🌷🙏🌺

अहित सोच्दछन् मित्रको पनि
अतिथि चुट्दछन् शत्रु यो भनी
क्षणिक फाइदा काइदा भनी
नियम मिच्दछन् स्वार्थका धनी ।८। 🌷🙏🌺

कुपथ रोज्दछन् बिग्रँदा मति
क्रमिक रूपमा बढ्दछन् अघि
समय चक्र हो सूर्यको गति
कुदिन चन्द्रको पूर्णिमा पछि ।९।🌷🙏🌺

-हरि शर्मा(सुवेदी)
हाल: मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...