Sunday 18th October 2026

पाल्पामा ‘एक घर, एक लालीगुराँस’ अभियान : सबै दलका प्रमुखको सहभागितामा वृक्षारोपण


तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्। कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष ओम घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सुमन गैरे, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष अशोक शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष डुलबहादुर कुमाल र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीज्यूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले कार्यक्रममा राष्ट्रिय फूल लालीगुराँसको जैविक महत्व, गुँरासमा पाईने एन्टिअक्सिडेन्ट जस्ता स्वास्थ्य लाभ दिने तत्वबारे जानकारी गराउँदै, राष्ट्रिय चेतना जागरण, जैविक विविधताको संरक्षण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई समेत जोड्ने उद्देश्य रहेको बताए।

कार्यक्रममा सहभागिता जनाएका राजनीतिक दलका नेताहरूले राष्ट्रप्रेमी बस्यालको अभियानको प्रशंसा गर्दै यसले वातावरण संरक्षण, हरियाली विस्तार र आर्थिक दृष्टिले समेत पाल्पालाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

अभियान्ता बस्यालले सबै नेताहरू र सहभागी महानुभावप्रति धन्यवाद व्यक्त गर्दै, राष्ट्रप्रेम शब्दमा मात्र होइन, कर्ममा देखियोस् भन्ने उद्देश्यले अघि बढिरहेको बताए।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...