Wednesday 28th January 2026

ऐना देखाएर विवेकशीलको विरोध प्रदर्शन


तितोपाटी- विवेकशील पार्टीले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्रीज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक थप संकटमा परेकाले ऐना देखाएर प्रदर्शन गरिएको विवेकशिलका नेता शशिबिक्रम कार्कीले बताए । नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उद्देश्यले ऐनासहित प्रदर्शन गरिएको उनले बताए ।

सो पार्टीले संसद विघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । उनीहरुले १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...