Wednesday 19th August 2026

तमु समाज कुवेतले तमु ल्वों ल्होछार (ल्होसार) रक्तदान गरेर मनायो


तीतोपाटी – तमु समाज कुवेतले तमूहरुको मौलिक राष्ट्रिय महान चाड ल्होछार (ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग) को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग) को स्वागत गरी मनाएको छ । समाजले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल ब्लड बैन्क, जाब्रिया गै ‘रक्तदान’ गरेर ल्होछार (ल्होसार) उत्सब मनाएको कुरा तमु समाज कुवेतका शुरेश गुरूङले तीतोपाटी डट कम लाइ बताएका छन् ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक र मानविय सेवाका कार्यमा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होछार (ल्होसार) भब्यताको साथ मनाउदै आइरहेको छ।

कुवेतको नेपाली समुदाय विचमा हरेक वर्ष भव्य र हर्षोल्लासपुर्ण कार्यक्रम गरेर ल्होछार मनाउँदै आएकोमा कोभिड महामारीको कारण सामूहिक रुपमा भव्य तरिकाले ल्होछार मनाउन अनुकुल नरहे पछि तमू समाज, कुवेतले यो असहज परिस्थितिलाइ पनि अवसरमा परीणत गरी ‘आफु पनि बाचौ र अरुलाई पनि बचाऔ’ भन्दै स्वास्थ्य सजगत अपनाइ सामाजिक दुरीलाई कयाम गरी यसपालीको तमू ल्होछार (ल्होसार) चाडँलाई ‘रक्तदान’ गरेर मनाउने निर्णय गरे बमोजिम उक्त मानबिय पुण्य कार्यमा सरिक रहन सबैलाई आह्वान गरेको थियो ।

कार्यक्रमको अन्त्यमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राजु गुरुङले प्रवासमा स्थानिय नियमहरुलाई पालना गरी समय परिस्थिती बमोजिम चल्नु पर्ने भएकोले तमू ल्होछार (ल्होसार) तथा अंग्रेज़ी नया वर्ष २०२१ विशेष ‘रक्तदान’ कार्यक्रम सौहार्द रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रमलाई सफल बनाउन उपस्थित स्वयंसेवी रक्तदाताहरु, अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु, खानपिनलाई सौजन्य गर्नु हुने दानी महानुभावहरू लगायत उपस्थित सबैलाइ मुरी मुरी बिशेष धन्यवाद ब्यक्त गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...