Monday 28th September 2026

बेलायतबाट आएका ५ जनामा कोरोना, भाइरस नयाँ/पुरानोबारे अध्ययन गरिने


तितोपाटी- बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेका अनुसार सोमबार बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको हो।
तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको उनले बताए। ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन्’ उनले भने।

पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएका बेलायतबाट आउन रोक लगाइएको छ।
तर पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र जाँच गर्न मन्त्रालयले आग्रह गरेको छ।
म्हाशाखा प्रमुख पाण्डेका अनुसार कोरोना देखिएका ५ जनाको जिन अध्ययन गरी नयाँ वा पुरानो भाइरसबारे थप जानकारी लिइनेछ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...