Monday 28th September 2026

पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ६४९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४९३ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...