Monday 28th September 2026

पछिल्लो २४ घण्टामा १२१७ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख ३१ हजार ६ सय १ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १८ लाख १३ हजार २ सय ४ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय १५ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...