Monday 24th August 2026

फाइजरको कोरोना भाइरसविरुद्ध खोपलाई बेलायतले दियो अनुमति


तितोपाटी- बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।

त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्ड देखाएको हो ।

एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो । उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।

बेलायतले यसअघि नै खोपको चार करोड डोजको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ । चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ ।

इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...