Monday 28th September 2026

पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना पुष्टि


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका छन् ।
त्यस्तै, ३ हजार ४३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या २ लाख नाघेको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएर निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
अहिलेसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर गर्दा २ लाख २२ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

प्रतिकृयाहरू
...