Wednesday 9th September 2026

कविताः सत्यताको स्वाद -धर्मिला कार्की


सिर्जनाका ऊर्जाहरु जुर्मुराउन थाले
भौतिकताको भोक प्यास मेटाउने बहानामा
आफैभित्र गोप्यतामा लुकाएथे क्षणिकताको सुखहरु
अविनाशी, अमृतरुपी घडा पाउने चाहनामा

विवशताले शिखर चुम्ने आकांक्षामा ठेस लागेपनि
शिखरको फेदी पुग्ने बाटो बिराउने छैन।
मन्द मुस्कान, स्वच्छ शुवास छर्न नसके तापनि
कोलाहलको हरियालीमा कदापि हराउने छैन।

समुन्द्रको शालिनताको ज्ञात भएपछि
खहरेको झुटो भेलमा यो मन रमाउने छैन।
अतालिन्छु कहिलेकाहीँ प्रकृतिले धोका दिने हो कि
बाचा कसम सम्झन्छु, लक्ष्यको मार्गबाट मोडिने छैन।

गृष्म मासको खडेरीमा ओइलाएको पालुवाले पनि
वर्षा मास कुरेर नै तिर्खा मेटाए झै
तन र मनले उर्जाको किरणहरु सिर्जीएर
हरेक पलमा धैर्यताको सीमा नाघ्न बाध्य हुने छैन।

समाजले झुटो पथ हिड्न सुझाए पनि
सत्यताको स्वाद छोडी यो मन डगमगाउने छैन।
केही पल रोकिएर भौतिकताको भुमरीमा अल्झे पनि
सत्यताको न्यायालयबाट कोहि उम्कने छैन।

-धर्मिला कार्की
इनरुवा-६ , सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...