Friday 16th October 2026

कविताः सत्यताको स्वाद -धर्मिला कार्की


सिर्जनाका ऊर्जाहरु जुर्मुराउन थाले
भौतिकताको भोक प्यास मेटाउने बहानामा
आफैभित्र गोप्यतामा लुकाएथे क्षणिकताको सुखहरु
अविनाशी, अमृतरुपी घडा पाउने चाहनामा

विवशताले शिखर चुम्ने आकांक्षामा ठेस लागेपनि
शिखरको फेदी पुग्ने बाटो बिराउने छैन।
मन्द मुस्कान, स्वच्छ शुवास छर्न नसके तापनि
कोलाहलको हरियालीमा कदापि हराउने छैन।

समुन्द्रको शालिनताको ज्ञात भएपछि
खहरेको झुटो भेलमा यो मन रमाउने छैन।
अतालिन्छु कहिलेकाहीँ प्रकृतिले धोका दिने हो कि
बाचा कसम सम्झन्छु, लक्ष्यको मार्गबाट मोडिने छैन।

गृष्म मासको खडेरीमा ओइलाएको पालुवाले पनि
वर्षा मास कुरेर नै तिर्खा मेटाए झै
तन र मनले उर्जाको किरणहरु सिर्जीएर
हरेक पलमा धैर्यताको सीमा नाघ्न बाध्य हुने छैन।

समाजले झुटो पथ हिड्न सुझाए पनि
सत्यताको स्वाद छोडी यो मन डगमगाउने छैन।
केही पल रोकिएर भौतिकताको भुमरीमा अल्झे पनि
सत्यताको न्यायालयबाट कोहि उम्कने छैन।

-धर्मिला कार्की
इनरुवा-६ , सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...