Sunday 27th September 2026

कविताः अझै बाँकी छ तिहार – छन्दः उपजाति -हरि शर्मा (गलकोटे कवि)


बोल्दैछ नेपाल तिहार आज
सन्तोष आनन्द जहान साथ
विचित्र उन्माद जुटेर मान्दा
आफन्त भेटेर मिलेर खाँदा ।१। 🌷🙏🌺

दिदी र बैनी घरमा उदाए
अनेक मिष्टान्न लिएर आए
निधार चुम्दैछ दयालु हात
मायालु बोली र प्रसाद साथ ।२। 🌷🙏🌺

सद्भाव सत्कार प्रशस्त देखेँ
निधार छाम्दै म बसेर लेखेँ
आघात सन्त्रास कुभाव छैन
निश्चिन्त विष्मात कदापि हैन ।३। 🌷🙏🌺

सन्देश फैलेर कुभाव जाओस्
सम्बन्ध जीवन्त बनेर बाँचोस्
बसेछु टाढा म बिहान ऐले
थाप्नेछु टीका त टुपुक्क मैले ।४। 🌷🙏🌺

रमेर मानौँ छ तिहार सामु
ठुलो र सानो सब एक जानौँ
विषाणु जीवाणु चिनेर रोकौँ
आजन्म निशिन्त भएर बाँचौ ।५। 🌷🙏🌺

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...