Wednesday 21st October 2026

वर्षा र हिमपातले लोमान्थाङ प्रभावित, पाकेको बालीमा क्षति


उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा बसिरहेका स्थानीयवासी चिसो र पानीका कारण थप समस्यामा परेका छन्।

गाउँपालिकाका अनुसार भत्किएका घर र पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू कठिन अवस्थामा रात बिताउन बाध्य भएका छन्।

यता, बाली भित्र्याउने मुख्य समयमा परेको वर्षा र हिमपातले पाकेको अन्नबालीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन्। गाउँपालिकाले मौसममा सुधार आएपछि मात्र क्षतिको यकिन विवरण आउने जनाएको छ।

स्थानीय प्रशासनले अत्यधिक चिसोका कारण सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Provide your feedback on BizChat


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...