Sunday 27th September 2026

वर्षा र हिमपातले लोमान्थाङ प्रभावित, पाकेको बालीमा क्षति


उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। भूकम्पबाट प्रभावित भएर पाल तथा चर्किएका घरमा बसिरहेका स्थानीयवासी चिसो र पानीका कारण थप समस्यामा परेका छन्।

गाउँपालिकाका अनुसार भत्किएका घर र पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू कठिन अवस्थामा रात बिताउन बाध्य भएका छन्।

यता, बाली भित्र्याउने मुख्य समयमा परेको वर्षा र हिमपातले पाकेको अन्नबालीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन्। गाउँपालिकाले मौसममा सुधार आएपछि मात्र क्षतिको यकिन विवरण आउने जनाएको छ।

स्थानीय प्रशासनले अत्यधिक चिसोका कारण सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Provide your feedback on BizChat


सम्बन्धित शीर्षकहरु

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान प्रहरीले महाराजगञ्जस्थित निवासबाट साथमा लगेको छ । यससँगै हाल मिडियामा यो विषयले चर्चा पाएको…

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे…

प्रतिकृयाहरू
...