Wednesday 21st October 2026

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो


पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे आएको बाढीले करिब ८० घर रहेको बस्तीमध्ये २५ घर बगाएको हो। अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्।

घटनामा मानवीय क्षति भने भएको छैन। स्थानीयवासीलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति टरेको जनाइएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण संकलन भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...