Sunday 27th September 2026

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो


पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ वटा घर बगेका छन्। आइतबार बिहान करिब ८ बजे आएको बाढीले करिब ८० घर रहेको बस्तीमध्ये २५ घर बगाएको हो। अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्।

घटनामा मानवीय क्षति भने भएको छैन। स्थानीयवासीलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति टरेको जनाइएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण संकलन भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान प्रहरीले महाराजगञ्जस्थित निवासबाट साथमा लगेको छ । यससँगै हाल मिडियामा यो विषयले चर्चा पाएको…

प्रतिकृयाहरू
...