Wednesday 21st October 2026

कालीगण्डकी बाढी अपडेटः पर्वतमा ८० घर बगायो, स्थानीय सुरक्षित


पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका हुन्।

घटनामा मानवीय क्षति भए–नभएकोबारे भने अझै यकिन हुन सकेको छैन। बाढीका कारण अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्।

बाढीको जोखिम बढेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयवासी तथा उनीहरूका आवश्यक सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...