Sunday 27th September 2026

कालीगण्डकी बाढी अपडेटः पर्वतमा ८० घर बगायो, स्थानीय सुरक्षित


पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका हुन्।

घटनामा मानवीय क्षति भए–नभएकोबारे भने अझै यकिन हुन सकेको छैन। बाढीका कारण अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्।

बाढीको जोखिम बढेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयवासी तथा उनीहरूका आवश्यक सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...