Thursday 13th August 2026

रौतहटमा एक युवतीको गोली हानी हत्या


तितोपाटी- रौतहटको माधवनारायण ननगरपालिका वडा नम्बर ७ लौकाहामा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । राति ११ बजे सुतिरहेको अबस्थामा १८ बर्षीया अमृता कुमारीको गोली हानी हत्या गरिएको हो । स्थानीय राम अयोध्या साहही छोरी अमृताको हत्या अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहित प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहको टोली घटनास्थल पुगेको छ ।

२०७६ फागुनमा अमृताको बिवाह सर्लाहीको मधुवनगोठका रुपेश साहसँग भएपनि त्यसको केही समयपछि नै अमृता माईतमा बस्दै आएकी थिइन् । गत असारमा अमृताको सम्बन्ध विच्छेद भएको थियो ।


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...