Friday 30th January 2026

रौतहटमा एक युवतीको गोली हानी हत्या


तितोपाटी- रौतहटको माधवनारायण ननगरपालिका वडा नम्बर ७ लौकाहामा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । राति ११ बजे सुतिरहेको अबस्थामा १८ बर्षीया अमृता कुमारीको गोली हानी हत्या गरिएको हो । स्थानीय राम अयोध्या साहही छोरी अमृताको हत्या अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहित प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहको टोली घटनास्थल पुगेको छ ।

२०७६ फागुनमा अमृताको बिवाह सर्लाहीको मधुवनगोठका रुपेश साहसँग भएपनि त्यसको केही समयपछि नै अमृता माईतमा बस्दै आएकी थिइन् । गत असारमा अमृताको सम्बन्ध विच्छेद भएको थियो ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...