Friday 28th August 2026

चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने


तितोपाटी- कोरोना पुष्टि भएपछि उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।  बैठकपछि उनले ट्वीट गरे, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रीपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

बुधबार कोरोना पुष्टि भएका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण…

प्रतिकृयाहरू
...