Sunday 20th September 2026

गजल -धर्मिला कार्की


बुद्ध र सगरमाथा हुन् चिनारी नेपालको ।
विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको ।।

छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा
पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको ।।

सिर्जनशील पुर्खाको मेहनतले बनेका ती
खाली खालीछन् उर्वर खेतबारी नेपालको ।।

नेताले स्वाभिमान, नदी-नाला, सम्पदा बेच्नाले
विदेशीले रित्याई दिएकाछन् भकारी नेपालको ।।

स्वर्ग देश उजाडियो हराभरा भयो मरुभूमि
युवा जोश विदेशमा लगानी छ जारी नेपालको ।।

लौ न प्रभु देश र जनता बचाउने जन्माइदेऊ
राष्ट्रप्रेमी, पहिचान जोगाउने अधिकारी नेपालको ।।

-धर्मिला कार्की
इनरुवा-६, सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...